Logo

भौतिक पूर्वाधारमा सहयोग गर्न एडिबी इच्छुक,२०३० को दिगो विकास लक्ष्य पूरा गर्ने उद्देश्य

भौतिक पूर्वाधारमा सहयोग गर्न एडिबी इच्छुक,२०३० को दिगो विकास लक्ष्य पूरा गर्ने उद्देश्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले सडक, यातायात र रेलमार्ग निर्माण लगायत भौतिक पूर्वाधारको विकासमा सहयोग गर्ने इच्छा देखाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री विजयकुमार गच्छदारसँगको भेटमा बैंकका उपाध्यक्ष वाङ काई झाङले पूर्वाधार विकासमा सहयोग गर्ने इच्छा देखाएका हुन् ।

मन्त्री गच्छदारका निजी सचिव तिलक पौडेलका अनुसार सन् २०२२ सम्म नेपाललाई अल्प विकसितबाट विकासशील देशमा पु¥याउनका लागि बैंकले सहयोग गर्ने इच्छा प्रकट गरेका छ ।

सो अवसरमा सन् २०३० को दिगो विकास लक्ष्य पूरा गर्ने उद्देश्यले बैंकले पूर्वाधार विकासमा सहयोग गर्ने सोंच बनाएको उपाध्यक्ष झाङले उपप्रधानमन्त्री गच्छदारलाई बताए ।

भेटमा विभागका आयोजना निर्देशक केशवकुमार शर्माले पूर्वाधार विकासका लागि १ अर्ब अमेरिकी डलर सहयोग माग गरेकामा उपाध्यक्ष झाङले यससम्बन्धी लिखित प्रस्ताव बनाई विधिवत् पेस गर्न सुझाव दिएका थिए। यही चैत ११ गते नेपालको भ्रमणमा आएका उपाध्यक्ष झाङले छानिएका आयोजनाको अवलोकन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL