Logo

एकैदिन प्रतितोला सात सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?

एकैदिन प्रतितोला सात सयले घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर ९५ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर ११ सय ६० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL