Logo

पर्यटक आकर्षित गर्न हरेक पहाडमा भ्यूटावर, ४० फिट अग्लो बनाइने

पर्यटक आकर्षित गर्न हरेक पहाडमा भ्यूटावर, ४० फिट अग्लो बनाइने


बिजखबर संवाददाता
0
Shares

प्यूठान । पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपालका हरेक पहाडमा भ्यूटावर निर्माण गरिने बताए । विशेषगरी हरेक पहाडमा ४० फिट अग्लो भ्यूटावर निर्माणका लागि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

नेपाल पर्यटन बोर्ड र सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो) नेपालको संयुक्त आयोजनामा लुम्बिनीदेखि प्यूठानको स्वर्गद्धारीसम्म आन्तरिक पर्यटन प्रबद्र्धनको क्रममा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पर्यटनमन्त्री पोखरेलले आगामी वर्षमा प्रत्येक प्रदेशमा कम्तीमा १/१ वटा भ्यूटावर निर्माणको लागि सरकारले प्रक्रिया अघि बढाएको जानकारी दिए ।

त्यस्तैगरी, आगामी वर्षभित्रै संघीय संरचना अनुरुप प्रत्येक प्रदेशमा पर्यटकीय गन्तव्यहरुको समेत घोषणा गरिने भएको छ । साथै, ५ नम्बर प्रदेश अन्तर्गत स्वर्गद्धारी–जलजला पर्यटन विकास समिति बनाउने घोषणा समेत गरे ।

भूकम्पपछिको पुननिर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको भन्दै दाताहरुको सर्तलाई सरकारले नमान्ने चेतावनी दिए । ‘हाम्रो जोड भूकम्पको पुननिर्माणमा छ,’ उनले भने, ‘त्यसका लागि सरकारले द्वुत गतिमा काम गरिहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL