Logo

आठ महिनामा उठ्यो साढे ७ अर्ब सवारी राजस्व, सवारीकर लक्ष्यभन्दा कम

आठ महिनामा उठ्यो साढे ७ अर्ब सवारी राजस्व, सवारीकर लक्ष्यभन्दा कम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले चालू आवको पहिलो ८ महिनामा ७ अर्ब ५० करोड ५६ लाख रुपैयाँ सवारी राजस्व उठाएको छ । सवारी कर र गैर कर राजस्व गरी उक्त रकम संकलन गरिएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

यातायात व्यवस्था विभागले चालू आवको फागुन महिनासम्ममा ४ अर्ब ४५ करोड ७७ लाख रुपैयाँ सवारी साधन कर संकलन गरेको छ । तर, सवारी साधन कर भने लक्ष्य अनुरुप नउठेको विभागले जानकारी दिएको छ । विभागले गत आवको सोही अवधिमा कुल ४ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ उठाएको थियो । सरकारले गत आवको तुलनामा चालू आवको २५ प्रतिशत बढी सवारी राजस्व उठाउने लक्ष लिएको थियो ।

भुकम्प तथा तराइमा भएको लामो समयको बन्दका कारण सेवाग्राहीले राजस्व नै बुझाउन नपाएका कारण संकलन हुन नसकेको विभागको भनाइ छ । तर, चैत महिनामा राजस्व संकलन बढी हुने समेत विभागको दावी छ ।

विभागले गैर कर राजस्व अन्तरगत सबैभन्दा बढी रकम सडक निर्माण तथा मर्मत संभार शिर्षकमा उठाएको छ । उक्त शिर्षकमा २ अर्ब ४३ करोड ४६ लाख रुपैयाँ संकलन गरेको छ । यसैगरी, सवारीचालक अनुमतिपत्र तथा सवारी इजाजत दस्तुर वापत ४६ करोड ४१ लाख रुपैयाँ संकलन भएको छ भने यातायात क्षेत्रको आम्दानी स्वरुप १४ करोड २५ लाख रुपैयाँ संकनल गरेको छ । तर, परीक्षा शुल्क वापत भने १५ लाख ७७ हजार रुपैयाँ मात्र संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL