काठमाडौं । अब विदेशी नागरिकहरुले नेपालको बाटो हुँदै विदेश जान पाउने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको हो ।
सरकारले यसअघि गत बर्ष बैशाख १३ गते त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग गरी अन्य गन्तव्य जान नपाउने गरी रोक लगाएको थियो । तर, विमानस्थल भित्रै ट्रान्जिट गरी जानेका लागि भने रोकतोक थिएन ।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त पुरानो निर्णय खारेज गरेको हो ।