Logo

अब आईपीओ भर्दा सि-आस्वा शुल्क पाँच रुपैयाँमात्रै लाग्ने, निशुल्क गर्नेबारे भएन छलफल

अब आईपीओ भर्दा सि-आस्वा शुल्क पाँच रुपैयाँमात्रै लाग्ने, निशुल्क गर्नेबारे भएन छलफल



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ भर्दा लाग्ने सि–आस्वा शुल्क पाँच रुपैयाँ कायम गर्ने भएको छ । सेबोनको आइतबार बसेको सञ्चालक समितिको बैठकले सबै वाणिज्य बैंकहरुले हाल लिदै आएको शुल्कमा एकरुपता कायम गर्नेगरि शुल्क घटाउने निर्णय गरेको बताइएको् छ ।

सेबोनले सि–आस्वा शुल्क अधिकतममा ५ रुपैयाँसम्म लिन पाउने व्यवस्था गर्ने तयारी गरेको छ । हाल यस्तो शुल्क अधिकतममा १०० रुपैयाँ लिन पाउने व्यवस्था छ ।

अहिले ४ वटा वाणिज्य बैंकहरुले निःशुल्क रुपमा सि–आस्वा सेवा प्रदान गर्दै आएका छन् भने बाँकी १० रुपैयाँदेखि १०० रुपैयाँसम्म सि–आस्वा शुल्क उठाउँदै आएका छन् ।

लामो समयदेखि लगानीकर्ताहरुले सि–आस्वा सेवा निःशुल्क हुनुपर्ने माग गर्दै आएका छन् । बैठकमा सि–आस्वा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएपनि निशुल्क गर्नेबारे ा छलफल नभएको स्रोतले बतायो।

प्रतिक्रिया दिनुहोस्
MBL