Logo

नेपाली बजारमा सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

आइतबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले घटेर ९५ हजार ३ सय रूपैयाँ कायम भएको जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले घटेर ११ सय ६५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL