Logo

चौधरी फाउण्डेसनद्वारा गोरखामा १सय ७९ घर हस्तान्तरण, सरकारसँग सहकार्य गर्न तयार

चौधरी फाउण्डेसनद्वारा गोरखामा १सय ७९ घर हस्तान्तरण, सरकारसँग सहकार्य गर्न तयार


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चौधरी फाउण्डेसनले गोरखाको १ सय ७९ भूकम्प पीडितहरुका लागि ट्रान्जिसनल होम (सिजी आश्रय) हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका वडा नम्बर १, ४ र १२ का भूकम्प प्रभावितहरुका लागि उक्त आश्रय हस्तान्तरण गरिएको हो । गत वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दू समेत रहेको गोरखा जिल्लाका प्रभावितहरुका लागि फाउण्डेसनले आश्रय निर्माण परियोजना जारी राखेको छ ।

गत सोमबार गोरखा पदे“लथोकमा आयोजित हस्तान्तरण समारोहमा नेपाल सरकारका पूर्व मुख्य सचिव लीलामणि पौड्यालले प्रभावितहरुलाई आश्रय हस्तान्तरण गरे । सो अवसरमा उनले चौधरी फाउण्डेसनद्वारा भूकम्पको लगत्तै निर्माण गरिएका सिजी आश्रय पीडितहरुका लागि उपयोगी रहेको बताए ।

सरकारी क्षेत्र पीडितहरुका लागि अहिलेसम्म एउटै आवास निर्माण हुन नसकिरहेको पृष्ठभूमिमा चौधरी फाउण्डेसनले २ हजारभन्दा धेरै सिजी आश्रय निर्माण गरेकोमा धन्यवाद दिए । साथै यस्ता कल्याणकारी परियोजना कार्यान्वयनमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहने बताए । पूर्व मुख्य सचिव पौड्यालले सिजी आश्रयमा बसिरहेका प्रभावितहरुसमक्ष पुगेर उनीहरुस“ग आश्रयका बारेमा जानकारी लिएका थिए ।
उनले आफुले सक्ने कामका लागि दाताको मुख नताक्न पनि प्रभावितहरुलाई आग्रह गरे । ‘सम्भव भएसम्म आफ्नो काम आफै गर्नुपछर्, ’ उनले भने ‘दाताको सहयोगको अपेक्षा गर्नु हुदैन ।’

उक्त अवसरमा चौधरी ग्रुपका जनरल म्यानेजर मधुसूदन पौडेलले भूकम्पको लगत्तैदेखि प्रभावितहरुलाई राहत वितरण शुरु गरेको चौधरी फाउण्डेसनले भूकम्पबाट सर्वाधिक प्रभावित ११ जिल्लामा पुगेर सिजी आश्रय निर्माण गरिरहेको जानकारी दिए ।साथै हालसम्म करिब २ हजार ४ सय सिजी आश्रय र ३५ वटा भूकम्पले भत्किएका विद्यालयहरुमा नयाँ भवन निर्माण सम्पन्न भईसकेको बताए ।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लाहरुमा शुरु गरेको पुनर्निर्माण अभियानमा चौधरी फाउण्डेसन सहकार्य गर्न तयार रहेको जानकारी समेत दिए ।

फाउण्डेसनले यसअघि रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, गोर्खा (ताक्लुङ) लगायत क्ष्ँेत्रका भूकम्पपीडितहरुका लागि सिजी आश्रय हस्तान्तरण गरिसकेको छ । निकट भविष्यमा थप सिजी आश्रयहरु हस्तान्तरण गर्ने कार्यक्रम रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL