Logo

अर्थमन्त्री शर्मा र धरानका मेयर साम्पाङबीच भेट, खानेपानीको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्दता

अर्थमन्त्री शर्मा र धरानका मेयर साम्पाङबीच भेट, खानेपानीको समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्दता



काठमाडौं (अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आबश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्द रहेको बताएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटका अवसरमा मन्त्री शर्माले आवश्यक प्रासपधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले महानगरपालिकालाइ सहयोग गर्ने आश्वसन दिएका हुन् ।

भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टीमले धरानका जनताको खानेपानीको समस्या समाधान गरेको जनपरिचालनको उच्च प्रशंशा गरे। ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, मन्त्री शर्माले भने ।

भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताए । उनले ‘तपाईंहरु हाम्रो अविभावक हो जनताको यो समस्या समाधान गर्न आबश्यक सहयोग गरिदिनुहोला,’ उनले भने, ’ ।

प्रतिक्रिया दिनुहोस्