काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको दोस्रो दिन नेपाल उद्योग परिसंघले बेइजिङमा एक स्वागत समारोहको आयोजना गरेको छ ।
परिसंघले चिनिया उद्यमीहरुको साथै प्रधानमन्त्रीका साथमा रहेको सरकारी र निजी क्षेत्रका प्रतिनिधि मण्डलका सदस्यहरुको साथै चिनिया उद्यमीहरुको सम्मानमा सो समारोह आयोजना गरेको हो ।
नेपालमा संयुक्त लगानीमा स्थापित शिवम् सिमेन्टको लगानीकर्ता मध्यको चिनिया कम्पनी हङसी कम्पनी समेतको सह–आयोजनामा आयोजित उक्त समारोहमा प्रमुख चिनिया लगानीकर्ताको उपस्थिति थियो ।
नेपालमा वैदेशिक लगानीको लागि अनुकुल वातावरण भएको सन्देश चिनिया लगानीकर्तालाई दिन आयोजित उक्त स्वागत समारोहमा चिनिया लगानीकर्ताहरुले नेपालमा लगानी गर्न इच्छा प्रकट गरेको बताइएको छ । साथै यसबाट नेपालमा थप लगानी आउन सक्ने विश्वास परिसंघले लिएको छ ।