Logo

विश्व बैंकबाट १२ अर्ब ऋण लिने सरकारको निर्णय, कर्मचारीको बढेको तलब र ग्रेड स्वीकृत

विश्व बैंकबाट १२ अर्ब ऋण लिने सरकारको निर्णय, कर्मचारीको बढेको तलब र ग्रेड स्वीकृत



काठमाडौं । सरकारले सबै कर्मचारीको नयाँ तलवमान स्वीकृत गरेको छ । गत २६ गते बसेको मन्त्रीपरिषद बैठकले सबै कर्मचारीको तलव वृद्धि स्वीकृत गरेको हो ।

मन्त्रिपरिषदले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्नेसमेत निर्णय गरेको हो ।

यस्तै सरकारले विश्व बैंकबाट प्राप्त हुने १२ अर्ब ७० करोड र जापान सरकारको २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ बराबरको ऋण स्वीकार गर्नेसमेत निर्णय गरेको छ । २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले हरित, उत्पादनशील र समावेशी विकास गर्नका लागि उक्त सहुलियत ऋण र अनुदान लिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषदका निर्णय सुनाउँदै उक्त निर्णय भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्