Logo

नेप्सेले दियो विद्यालयलाई ३ थान कम्प्युटर, सुचनाप्रविधिसँग जोड्न सहयोग पुग्ने

नेप्सेले दियो विद्यालयलाई ३ थान कम्प्युटर, सुचनाप्रविधिसँग जोड्न सहयोग पुग्ने


बिजखबर संवाददाता
0
Shares

काडमाठौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले संस्थागत सामाजिक दायित्व अन्तरगत विद्यालयलाई ३ थान कम्प्युटर हस्तान्तरण गरेको छ । नेप्से संचालक समितिका अध्यक्ष रामजी रेग्मीले विद्यालयलाई उक्त कम्प्युटर हस्तानतरण गरेका हुन् ।

नेप्सेले गोरखास्थित श्री जीवन निम्न माध्यमिक विद्यालयलाई आफ्नो सामाजिक उत्तर दायित्व अन्तरगत उक्त कम्प्युटर दिएको हो । विद्यालयका तर्फबाट संचालक समितिका अध्यक्ष सन्तबहादुर गुरुङले उक्त कम्प्युटर बुझेका थिए ।

कार्यक्रममा नेप्से सञ्चालक समितिका अध्यक्ष रेग्मीले उक्त सहयोगमार्फत विद्यालयका विद्यार्थी, शिक्षक तथा अभिभावक समेतलाई सूचना प्रविधिसँग जोडिन मद्दत मिल्ने बताए । यसैगरी, नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलियाले यस वर्ष नेप्सेले बैशाख १२ को भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित रहेर संस्थागत सामाजिक दायित्वको कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए । साथै, आगामी दिनमा अन्य क्षेत्रमा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL