Logo

कच्चा तेलको मूल्यमा गिरावट : पेट्रोल-डिजलको मूल्य विश्वव्यापी रुपमा घटने, नेपाली उपभोक्ताले राहत पाउँलान ?

कच्चा तेलको मूल्यमा गिरावट : पेट्रोल-डिजलको मूल्य विश्वव्यापी रुपमा घटने, नेपाली उपभोक्ताले राहत पाउँलान ?



काठमाडौं । कच्चा तेलको मूल्य मंगलबार प्रति ब्यारेल एक डलर भन्दा बढीले घटेको छ। गत साता यो केही महिनायताकै न्यून स्तरमा पुगेको थियो । सन् २०१५ को इरान आणविक सम्झौतालाई पुनः सुरु गर्ने वार्तामा भएको नयाँ प्रगतिका कारण यो गिरावट आएको हो ।

युरोपेली संघले यो सम्झौतालाई पुनः पेश गर्न अन्तिम मस्यौदा तयार गरेको छ । अधिकारीहरूका अनुसार सम्बन्धित पक्षबाट कुनै आपत्ति नआएमा यो सम्झौता पुनर्स्थापित हुनेछ। यो सम्झौता पुनर्स्थापित भएसँगै इरानले स्वतन्त्र रूपमा कच्चा तेल निर्यात गर्न सक्नेछ । यदि यस्तो भयो भने कच्चा तेलको मूल्य अझै घट्न सक्छ । यसको प्रत्यक्ष असर पेट्रोल र डिजेलको मूल्यमा पर्नेछ ।

मंगलबार ब्रेन्ट क्रुड १.४ प्रतिशत अर्थात १.४ डलर प्रति ब्यारेल घटेर ९५.३१ डलरमा झरेको छ । यही समयमा, डब्ल्यूटीआई कच्चा तेल १.४ प्रतिशत, वा १.२५ डलरले घटेर, ८९.५१ प्रति ब्यारेलमा झरेको छ ।

नेपालमा भने अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपनि पेट्रोल र डिजेलको मूल्यमा कुनै परिवर्तन भएको छैन । पछिल्लोसमय कच्चा तेलको उच्च मूल्यका कारण मूलय बढाएको नेपाल आयल निगमले ठूलो घाटा बेहोरेको भन्दै तत्काल मूल्य नघटाउने स्पष्ट पारिसकेको छ । यसैले कच्चा तेलको मूल्यमा गिरावट आएपनि नेपाली उपभोक्ताहरुले भने राहत पाउने आशा भने कमै देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्