काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय जनाको नमुना परिक्षण गर्दा १ हजार ९० जनामा संक्रमण पुष्टि भएको हो ।
उक्त अवधिमा कुल २ हजार ८ सय ५८ जनाको पीसीआर परिक्षण गर्दा ५ सय ६० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै कुल ३ हजार ३ सय ४२ जनामा गरिएको एन्टिजेन परिक्षणमा ५ सय ३० जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । सो अवधिमा निको भएर घर जानेको संख्या ४ सय ३८ रहेको छ ।