Logo

नेपाल र चीनबीच १० बुँदे सम्झौता, दुईदेशबीच बैंक शाखा विस्तार गर्न सकिने

नेपाल र चीनबीच १० बुँदे सम्झौता, दुईदेशबीच बैंक शाखा विस्तार गर्न सकिने


बिजखबर संवाददाता
0
Shares

नेपाल र चीनबीच १० बुँदे सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ । पारवहन, खला व्यापार, बैंक शाखा विस्तार ग्याँस तथा पेट्रोलियम अन्वेशन लगाएतका विषयमा सम्झौता भएको छ ।

नेपाल र चीनबीच भएको पारवहन सम्झाता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । उक्त सम्झौतासँगै नेपाललाई चिनियाँ बन्दरगाहसम पहुँच हुने छ ।

pm-oli

यसैगरी, नेपालले चीनबीच दुवै देशका कुनै पनि भु–भागमा बैक शाखा विस्तार गर्न पाउने भएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा दुई देशबीच शाखा विस्तारको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतासँगै चीनका बैकले नेपालमा शाखा विस्तार गर्न सक्नेछन् भने नेपाली बैंकले पनि चीनमा आफ्नो शाखा विस्तार गर्न पाउनेछन् ।

भ्रमणको क्रममा पोखरा विमानस्थल निर्माणका लागि सहुलियत ऋण प्रदान गर्ने विषयमा पनि सम्झौतामा भएको छ भने सो कार्यका लागि चीनले ३१ अर्ब रुपैयाँ दिने भएको छ ।

यस्तै, हिल्सा सडक एवं सुख्खा बन्दरगाह निर्माण सम्वन्धी अर्को सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL