Logo

६९ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट, मधेश प्रदेशका मात्रै ५६ प्रतिशत

६९ स्थानीय तहले अझै सार्वजनिक गरेनन् बजेट, मधेश प्रदेशका मात्रै ५६ प्रतिशत



काठमाडौं । चालु आर्थिक बर्ष २०७९/८० को पहिलो महिनाको तीन हप्ता बितिसक्दा पनि ६९ स्थानीय तहले बजेट सार्बजनिक गरेका छैन्न । गत आर्थिक बर्षको अन्तिम महिना (असार)को १० गते भित्र सार्बजनिक गर्नुपर्ने बजेट ती स्थानीय तहले अझै सार्बजनिक नगरेको पाइएको हो ।

संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयका अनुसार देशभर रहेका ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ८४ स्थानीय तहले मात्र हालसम्म बजेट पेश गरेका छन । ६ सय ८४ स्थानीय तह वाहेकका ६९ स्थानीय तहले तोकिएको मिति नाघेको साढे एक महिना पुग्नै लाग्दा पनि बजेट सार्वजनिक नगरेका हुन ।

बजेट पेश नगरेका स्थानीय तह मध्ये ५६ प्रतिशत मधेश प्रदेशका स्थानीय तह रहेका छन । बजेट पेश नगरेका ६९ स्थानीय तह मध्ये मधेश प्रदेशका ३९ स्थानीय रहेको मन्त्रालयको विवरणमा उल्लेख गरेको छ । मधेस प्रदेशमा रहेका कुल १ सय ३६ स्थानीय तह मध्ये ९७ स्थानीय तहले मात्र बजेट पेश गरेको पाईएको छ । उक्त प्रदेशमा बजेट पेश गर्ने स्थानीय तह ७१ दशमलव ३ प्रतिशत रहेका छन । यस्तै मधेश प्रदेशका २८ दशमलव ७ प्रतिशत स्थानीय तहले अझै बजेट पेश गरेका छैनन् ।

गण्डकी प्रदेशमा भने १ स्थानीय तहले बजेट सार्बजनिक नगरेको विवरण मन्त्रालयले उल्लेख गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ८४ स्थानीय तहले बजेट सार्बजनिक गरेका छन । यस्तै लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तहमध्ये ९९ स्थानीय तहले मात्र बजेट सार्बजनिक गरेका छन । लुम्बिनी प्रदेशका १० स्थानीय तहले अझै बजेट सार्बजनिक गरेका छैन्न ।

बागमती प्रदेश र कर्णाली प्रदेशका ४÷४ स्थानीय तहले बजेट सार्बजनिक गरेका छैन्न । बागमती प्रदेशका १ सय १९ स्थानीय तह मध्ये १ सय १५ स्थानीय तहले मात्र बजेट पेस गरेका छन । कर्णाली प्रदेशका कुल ७९ स्थानीय तहमध्ये ७५ स्थानीय तहले मात्र बजेट सार्बनिक गरेका छन ।

यस्तै सुदुर पश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये ८३ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरेका छन । सुदुर पश्चिमका ५ स्थानीय तहले बजेट सार्बजनिक गरेका छैन्न । यस्तै प्रदेश नम्बर १ अन्तरगतका १ सय ३७ स्थानीय तह मध्ये १ सय ३१ स्थानीय तहले मात्र बजेट सार्बजनिक गरेका छन । प्रदेश नम्बर १ का ६ स्थानीय तहले बजेट पेश गरेका छैन्न ।

यसरी स्थानीय तहहरुले तोकिएको समयमै बजेट तथा कार्ययोजना पेश गर्न नसक्नुले स्थानीय तहको प्रसासकिय क्षमतामै प्रश्न उठने गरेको छ । स्थानीय तहले यसरी समयमै बजेट ल्याउन नसक्नु राजनैतिकका साथै प्राविधिक कारण भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL