Logo

उपलब्ध बजेट खर्च गर्न ध्यान केन्द्रित गरौं, व्यापार घाटा कम गर्न सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्छ : अर्थमन्त्री शर्मा

उपलब्ध बजेट खर्च गर्न ध्यान केन्द्रित गरौं, व्यापार घाटा कम गर्न सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्छ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेटको कमी भएको भन्ने मन्त्रीहरुको गुनासोका सम्बन्धमा बजेट थप माग गर्नेभन्दा पनि भएको बजेट खर्च गर्नमा ध्यान केन्द्रित गर्न आग्रह गरेका छन् । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मन्त्री र सचिवहरुको बैठकमा मन्त्री शर्माले सो कुरा बताएका हुन् ।

समष्टिगत आर्थिक परिसूचक अवगत गराउँदै मन्त्री शर्माले सिमेन्ट, स्टिल, जुत्ता, हाते निर्माण सामग्री, सेवाका क्षेत्रमा निर्यात गरी व्यापार घाटा कम गर्न सकिनेतर्फ सम्बन्धित मन्त्रालयले ध्यान दिनुपर्ने बताए ।

मन्त्री शर्माले अनावश्यक सरकारी संरचनाका बारेमा पुनःविचार गरी हटाउनुपर्ने र केही संस्थानका बारेमा सञ्चानको ढाँचा नयाँ तरिकाले अघि बढाउनुपर्ने सुझाव दिँदै उनले बजेट कार्यान्वयनमा जनसहभागिता हुन सके मात्र दिगो हुने धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL