Logo

स्वास्थ्य मन्त्रालयमा ५ सय ७९ पदमा जागिर खुला,परीक्षार्थीहरुको छनौट अन्तर्वार्ता बाट

स्वास्थ्य मन्त्रालयमा ५ सय ७९ पदमा जागिर खुला,परीक्षार्थीहरुको छनौट अन्तर्वार्ता बाट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । स्वास्थ्य मन्त्रालयले ९ पदमा ५७९ जना स्वास्थ्यकर्मी माग गरेको छ । मन्त्रालयले करार सेवामा भर्ती गर्ने गरी नर्स, अनमी, हेल्थ एसिस्टेन्ट, अहेब, फर्मा्सिस्ट, ल्याब असिस्टेन्ट, रेडियोग्राफर लगायतका पदमा आवेदन खुला गरेको हो ।

पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय पोखराले स्वास्थ्यकर्मी माग गर्दै विज्ञापन प्रकाशन गरेको छ । परीक्षार्थीहरुको छनौट अन्तर्वार्ताबाटै हुने बताइएको छ ।

मन्त्रालयले २ सय ४० जना अनमी माग गरेको छ । त्यस्तै १ सय८० जना हेल्थ असिस्टेन्ट र १सय ४० जना अहेब मागिएको छ । यस्तै ७ स्टाफ नर्स र ६ जना ल्याब असिस्टेन्ट लगायत माग भएको छ । पश्चिमाञ्चल निर्देशनालयमा १सय ५० रुपैयाँ तिरेर आवेदन भर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्