Logo

फ्लाई दुबईको विमान दुर्घटनामा ५९ जनाको मृत्यु

फ्लाई दुबईको विमान दुर्घटनामा ५९ जनाको मृत्यु


बिजखबर संवाददाता
0
Shares

फ्लाई दुबईको विमान दुर्घटना हुँदा ५९ जनाको मृत्यु भएको छ । दुबईबाट रसियाका लागि उडेको फ्लाई दुबईको बोइङ ७३७–८०० विमान शनिवार विहान दक्षिणी रसियाको रास्तोव अन–डनमा अबतरणका क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यसहित विमानमा सवार सवैको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विमानमा चालक दलका ४ सदस्य र ५५ जना यात्रु सवार रहेको रसियाको क्षेत्रिय आपकालीन मन्त्रालयले पुष्टि गरेको छ । विमान अवतरणका क्रममा दुर्घटना भएको हो ।
फ्लाई दुबईले पनि विमान दुर्घटनाको पष्टि गरेको छ । उसले अहिले यात्रु र चालक दलका सदस्यको लागि प्रार्थना गरिरहेका जनाएको छ । जतिसक्दो चाडो सवै सूचनाहरु संकनल गर्ने प्रतिवद्धता समेत जनाएको छ ।
हेर्नुस कम्पनीको विज्ञप्ती
https://www2.flydubai.com/en/emergency/latest-updates/2016-03-19-Accident-involving-flydubai-FZ981

प्रतिक्रिया दिनुहोस्