Logo

अर्थमन्त्री शर्माको पुनर्बहालीसँगै नयाँ अर्थ सचिवको खोजी, पहिलो रोजाइमा अर्याल

अर्थमन्त्री शर्माको पुनर्बहालीसँगै नयाँ अर्थ सचिवको खोजी, पहिलो रोजाइमा अर्याल



काठमाडौं । अर्थ मन्त्रीमा पुनः जनार्दन शर्माले पुनर्बहाली गरेसँगै नयाँ अर्थ सचिवको खोजी शुरु भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेटमा करको दर हेरफेर गर्न गैरकानूनी व्यक्तिलाई संलग्न गराएको आरोप लागेसँगै अर्थ सचिव मधु मरासिनीले अर्थमन्त्री शर्माले पदबाट राजिनामा नदिएसम्म मन्त्रालय नफर्किने भन्दै प्रधानमन्त्री शेरबहादूर देउवालाई जानकारी गराएर विदामा बसेका थिए ।

बजेट निर्माणको दायित्व अर्थ मन्त्री र अर्थ सचिव माथि हुने भएपनि उक्त आरोप लागेपछि अर्थ सचिवले अर्थमन्त्रीलाई मात्रै दोषी देखाएर आफु पन्छिन खोजेका थिए । तर, उक्त प्रकरणमा अर्थमन्त्री माथि ११ सदस्यीय संसदीय बनाए छानविन गर्दा सीसीटिभी फुटेमा बजेट निर्माणको क्रममा अन्य व्यक्ति प्रवेश गराइएको नदेखिएपछि शर्माले सफाई पाएर पुनर्बहाली भएका छन् ।

अर्थमन्त्रीको पुनर्बहाली भएसँगै अर्थ सचिव मधु मरासिनी अर्थ मन्त्रालयमा नआएको सम्बद्ध स्रोतले जानकारी दिएको छ । समस्या पर्दा आफुलाई मात्रै दोष लगाएर पन्छिएका कारण अर्थ मन्त्री जनार्दन शर्माले पनि उनलाई अर्थ सचिवको जिम्मेवारीबाट हटाएर नयाँ अर्थ सचिव ल्याउने तयारी गरेको उनी सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

मरासिनी हट्ने भएसँगै अर्थ सचिवको रुपमा डा. बैकुण्ठ अर्याल, केलव भण्डारी र हाल अर्थ मन्त्रालयमै रहेका राजस्व सचिव कृष्णहरि पुष्करको नाम चर्चामा रहेको छ । तर अहिलेको अवस्थामा अर्थमन्त्री शर्माले भने आफ्नो पहिलो रोजाईमा डा. अर्याललाई राखेको उनी सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘सिनियर र अर्थको बारेमा बढी जानकार रहेका कारण अर्थमन्त्रीज्यूले डा. अर्याललाई अर्थ सचिवमा ल्याउने तयारी गर्नुभएको छ,’ उनी सम्बद्ध स्रोतले भन्यो ।

तत्कालिन समयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जोडबलमा मधु मरासिनी अर्थ सचिव भएका थिए । तर समस्या पर्दा उनले अर्थ मन्त्रीलाई एक्ल्याउँदै विदामा बसेपछि अर्थमन्त्री शर्माले उनलाई हटाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL