Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (मंगलबारं) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य २ सय रूपैयाँले बढेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज २ सय रूपैयाँले बढेर ९५ हजार ६ सय रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ कायम भएकोमा आज पनि सोहि मूल्य कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL