Logo

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला ९५ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ९४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL