Logo

काबेली ए जलविद्युत आयोजनामा विश्व बैंकको ऋण लगानी, आगामी ३ बर्षमा निर्माण सम्पन्न

काबेली ए जलविद्युत आयोजनामा विश्व बैंकको ऋण लगानी, आगामी ३ बर्षमा निर्माण सम्पन्न


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काबेली ए जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटेको छ । बुटवल पावर कम्पनी अन्तर्गतको काबेली इनर्जीले निर्माण गर्न लागेको सो जलविद्युत आयोजना निर्माणका लागि अन्तरराष्ट्रिय विकास संस्थाले ४ करोड अमेरिकी डलर लगानी गर्नेछ ।

आयोजनामा लगानी गर्ने विषयमा गत वर्ष मंसिरमा सरकारले विश्व बैंकसँग सम्झौता गरेको थियो । सम्झौताअनुसार सरकारको स्वामित्वमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनी र काबेली इनर्जीबीच ‘केइएल सब्सिडरी एग्रिमेन्ट’ भएको हो ।

सोहि अनुसार शुक्रवार ऋण सम्झौतामा कावेली इनर्जी लिमिटेडका तर्फबाट सञ्चालक विवेक गुप्ता र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले हस्ताक्षर गरेका छन् ।

३७ दशमलव ६ मेगावाटको कावेली जलविद्युत आयोजनाका लागि अन्तरराष्ट्रिय वित्त निगम आइएफसीसँग ऋण सम्भ्झौता सम्पन्न भक्एो हो । सम्झौताअनुसार प्राप्त हुने ३ करोड ८६ लाख अमेरिकी डलरसहित विश्व बैंक समूहबाट ७ करोड ८६ लाख डलर लगानी हुनेछ । आयोजनाको कूल लागत ९ करोड ९५ लाख डलर छ । यो आयोजना ७७ दशमलव ५ प्रतिशत ऋण तथा २२ दशमलव५ प्रतिशत इक्विटीमा बनाउन लागिएको हो ।

आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गत असोज ७ गते भएको थियो । आयोजना निर्माणका लागि सिभिल तथा हाइड्रोमेकानिकल ठेकेदार नियुक्ति भइसकेको बताइएको छ । साथै आयोजनामा हालसम्म ६४ करोड रुपैयाँ लगानी भएको कम्पनीले जानकारी दिएको छ ।

यो आयोजना आगामी ३ बर्षभीत्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्