Logo

अर्थमन्त्रालयमा २५ दिनपछि जनार्दन शर्माको कमब्याक, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरिन् नियुक्त

अर्थमन्त्रालयमा २५ दिनपछि जनार्दन शर्माको कमब्याक, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरिन् नियुक्त



काठमाडौं । पूर्व अर्थमन्त्री जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त भएका छन् । करिव २५ दिन अघि उनले प्रतिनिधिसभामार्फत राजीनामा दिएका थिए । पुनः उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेका उनको छानविन गर्नका लागि संसदीय छानबिन समिति गठन भएको थियो । सोही समितिलाई छानविनमा सहजीकरण गरिदिने भन्दै उनले असार २२ मा मन्त्री पदबाट राजीनामा दिएका थिए ।

समितिले उनले मन्त्रालयमा असम्बन्धित मान्छे घुसाएको पुष्टि नभएको प्रतिवेदन दिएपछि उनी पुनः अर्थमन्त्रीमा नियुक्त भएका हुन् । उनले आज ५ बजेपछि अर्थमन्त्रीको शपथ ग्रहण गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्