Logo

जनार्दन शर्मालाई नै अर्थमन्त्री बनाउन प्रचण्डको सिफारिस, आजै शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी

जनार्दन शर्मालाई नै अर्थमन्त्री बनाउन प्रचण्डको सिफारिस, आजै शपथ गराउने राष्ट्रपति कार्यालयको तयारी



काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मानै नियुक्त हुने भएका छन् । आर्थिक वर्षको बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई मन्त्रालयमै बोलाएर संलग्न गराएको आरोपमा पदबाट राजीनामा दिएमा तत्कालिन अर्थमन्त्री शर्मा पुनः अर्थमन्त्रीमै नियुक्त हुने भएका छन् ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई समावेश गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसदबाटै छाविनको माग गरेको थियो । सोही अनुरुप सभामुख अग्नि सापकोटाले शर्मामाथि ११ सदस्यीय छानविन समिति गठन गरेसँगै असार २२ गते शर्माले पदबाट राजीनामा दिएका थिए । तर, छानविनको क्रममा सीसीटीभी फुटेमा अनधिकृत व्यक्ति संलग्न भएको नभेटिएको भन्दै उक्त समितिले प्रतिवेदन बुझाएसँगै शर्माले पुनः अर्थमन्त्री आज पदबहाली गर्ने भएका हुन् । छानबिन समितिले पनि शुक्रबार आफ्नो प्रतिवेदन बुझाइसकेको छ । जसमा कुनै प्रमाण नभेटिएको समितिले निष्कर्ष निकालेको छ ।

समाचार स्रोतका अनुसार शर्मा संलग्न पार्टी नेपका एकीकृतका अध्यक्ष पुष्पकमल दहालले शर्मालाई नै अर्थमन्त्री बनाउन केहीवेर अघि प्रधानमन्त्री शेरबहादुर देउवा समक्षा सिफारिस गरिसकेका छन् । सोहीअनुरुप प्रधानमन्त्रीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने उक्त स्रोतले जानकारी दिएको छ । साथै आजै बेलुका ५ बजे शर्मालाई राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम रहेको समेत उक्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL