Logo

हनुमानढोका दरवारक्षेत्रमा सौर्य बत्ती जडान, अध्याँरोमा आफै बल्ने

हनुमानढोका दरवारक्षेत्रमा सौर्य बत्ती जडान, अध्याँरोमा आफै बल्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शुक्रवारदेखि हनुमानढोका दरबार क्षेत्रमा सौर्य सडकबत्ति बाँलिँदैछ । काठमाडौं महानगरपालिका र हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको संयुक्त लगानीमा हनुमान ढोका दबरबार क्षेत्रका सडकलाई उज्यालो पार्न लागिएको हो ।

हनुमानढोका दरबार क्षेत्रमा घुम्ने पर्यटक र त्यहाँका स्थानीयलाई रातिको समयमा घुम्न सहज बनाउने उद्देश्यका साथ सौर्य बत्ती जडान गरिएको महानगरपालिकाका कार्यकारी निर्देशक रुद्रसिंह तामाङले जानकारी दिए । ‘उज्यालो’ काठमाडौं कार्यक्रम अन्तरगत सम्पदा क्षेत्रलाई पर्यटन पूर्वाधारमैत्री एवं आकर्षक बनाउन काठमाडौं महानगरपालिका कार्यालयले बसन्तपुर र आसपासका क्षेत्रमा ९२ वटा सौर्यवत्ती जडान गरेको बताइएको छ ।

यसरी वत्ती जडान भएका स्थानहरुमा — जुद्ध शालिकलाई केन्द्र यसको दायाँबायाँ सिद्धिचरण चोक धर्मथपसम्म र इन्द्रचोकसम्म तथा जुद्ध शालिकबाट अगाडि न्युरोड गेटसम्म र हनुमानढोका परिसरका विभिन्न मठ मन्दिर, मखन महादेव, प्याफल, तलेजु मन्दिरलगायतका स्थान छन् ।

काठमाडौं महानगरपालिकाको उजयालो काठमाडौं अन्तर्गत हनुमान ढोका दरबार संरक्षण कार्यक्रमको करसहित १ करोड ४२ लाख ४४ हजार रुपैयाँ लागतमा यी वत्ती जडान गरिएका हुन् । यसरी बल्ने बत्तीहरुमा पोलको एकातर्फबाट बल्व भएका ७२ वटा पोल छन् भने पोलको दुवैतर्फ बल्व बल्ने २० वटा पोल छन् । यी पोलहरुमध्ये पनि बसन्तपुर परिसरका २७ वटा पोलमा व्याट्री र प्यानल एउटै पोलमा जडान भएका छन् ।

यी बत्ती बेलुकी अँध्यारो हुन थालेपछि आफैं बल्ने र विहान उझ्यालो हुन थालेपछि आफैं निभ्ने अटोमेटिक सिस्टमका छन् । अँध्याराका कारण हुन सक्ने आपराधिक गतिविधि तथा क्रियाकलापमा न्युनीकरण भइ आपराधिक गतिविधिमा कमी आउने महानगरको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL