Logo

खोटाङ केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्म धक्का महसुस

खोटाङ केन्द्र भएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंसम्म धक्का महसुस



काठमाडौं । आज बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १३ मिनेट जाँदा खोटाङको मातिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का देशका धेरै ठाउँमा महसुस गरिएको छ । भूकम्पको ४ देखि १० सेकेण्डसम्मको धक्का महसुस भएको थियो । अहिलेसम्म थप क्षतिको विवरण भने नआइसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL