Logo

रत्नपार्कमा अव निःशुल्क वाईफाई,शुक्रवारदेखि उपलब्ध गराइने

रत्नपार्कमा अव निःशुल्क वाईफाई,शुक्रवारदेखि उपलब्ध गराइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शुक्रवारदेखि रत्नपार्कमा निशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने भएको छ । संघिय मामिला तथा स्थानीय विकास एवम् परराष्ट्रमन्त्री कमल थापाले आज रत्नपार्कमा नि शुल्क वाईफाइको उद्दघाटन गर्ने कार्यक्रम छ ।

रत्नपार्कलाई अझ व्यवस्थित बनाउने उद्देश्यका साथ निशुल्क वाइफाई उपलब्ध गराउन लागिएको रत्नपार्क तथा रानीपोखरी एकाइका सहायक प्रमुख उमेश भण्डारीले बताए ।

निशुल्क वाईफाइ उपलब्ध गराएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने उनको भनाई छ ।

रत्नपार्क एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको हो । सो पार्कमा पार्कमा दैनिक करिब १ हजारसम्म सर्वसाधारण आउने बताइएको छ । पार्कको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL