काठमाडौं । नेपाली बजारमा शुक्रबार ९आज० सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन प्रतिलोला ८ सयले बढ्दै शुक्रबार ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढ्दै १ हजार २ सय २० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार १ सय ८५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको थियो ।