Logo

पुननिर्माण प्राधिकरणमा जागिर खुल्यो, करिव २६ सय प्राविधिक माग

पुननिर्माण प्राधिकरणमा जागिर खुल्यो, करिव २६ सय प्राविधिक माग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणले २६ सय प्राविधिकका लागि नयाँ जागिर खुलाएको छ । प्राधिकरणको शहरी विकास तथा भवन निर्माण विभागले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरेर आवेदन दिन आहृवान गरेको हो ।

प्राधिकरणले १३ सय ४६ जना इन्जिनियर, ६ सय ५० जना सब इन्जिनियर र ५ सय ७५ जना असिस्टेन्ट गरी २५ सय ७१ जना इन्जिनियर माग गरेको हो । जसमध्ये आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्जिनियर रहेका छन् ।

प्राधिकरणमा जागिर खान अनलाइनमार्फत १५ दिनभित्र शहरी विकास तथा भवन निर्माणमा आवेदन दिन सक्नेछन् । उनीहरुले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र बुझाएर अन्तवार्ता दिए पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्