Logo

अन्तत निजीलाई पेट्रोलियम बेच्न दिने निणर्य खारेज, आयातको जिम्मा निगमलाई मात्र

अन्तत निजीलाई पेट्रोलियम बेच्न दिने निणर्य खारेज, आयातको जिम्मा निगमलाई मात्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयात गर्न दिने पूर्व निर्णय खारेज गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल आयल निगमबाहेक अन्य कुनै निकायले इन्धन आयात गर्न नपाउने निर्णय गरेको हो । यसरी बैठकले यसअघिको निर्णय फिर्ता लिएको छ ।

सरकारको सो निर्णयसँगै विराट पेट्रोलियमलगायत पेट्रोलियम आयात गर्न यसअघि अनुमति पाएका ३५ कम्पनीको इजाजत खारेज भएको छ ।

भारतीय नाकाबन्दीको समयमा सरकारले निजी क्षेत्रलाई पेट्रोलियम बेच्न दिने निणर्य गरेको थियो । सोही आधारमा विराटले नाकाबन्दीकालमा पेट्रोल आयात गरी चर्को मूल्यमा बेच्दै आएको थियो ।

विराट विवादमा आएपछि सवै निजीलाई दिने निणर्य खारेज गरेको हो ।

प्रतिक्रिया दिनुहोस्