Logo

जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को गभर्नरमा सृजना राणा निर्वाचित

जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को गभर्नरमा सृजना राणा निर्वाचित



काठमाडौं । नेपालका लागि पहिलोपटक सृजना राणा बंगलादेश, भारत, नेपाल र श्रीलंकालाई समेट्ने गरी जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को गभर्नरमा निर्वाचित भएकी छन् । द्विवार्षिकी २०२२–२०२४ का लागि गभर्नरहरूको स्थापना असार १५ मा जोन्टा इन्टरनेसनल कन्भेन्सन जर्मनीको ह्याम्बर्गमा भएको थियो ।

‘जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को गभर्नरको रूपमा नेतृत्व गर्न पाउँदा म साँच्चै सम्मानित छु’ राणाले भनिन्, ‘जोन्टाको जनादेश अनुसार,म महिला सशक्तीकरणका लागि काम गरिरहने र उनीहरूको अधिकारको वकालत गर्न र यस क्षेत्रका महिलाहरू र केटीहरूलाई उनीहरूको पूर्ण क्षमता हासिल गर्न मद्दत गर्न प्रतिबद्ध छु ।’

नेपालको पर्यटन र आतिथ्य क्षेत्रका प्रमुख व्यक्तित्व राणा हाल नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज र होटल एसोसिएसन अफ नेपालकी प्रथम महिला अध्यक्षका रूपमा काम गरिरहेकी छिन् । साउन १ गते जोन्टा क्लब काठमाण्डौको साधारण बैठकमा नवनियुक्त गभर्नर राणालाई अभिनन्दन गर्दै जोन्टा क्लब काठमाडौंका अध्यक्ष आभा शाहले भनिन्, ‘जोन्टा क्लब काठमाडौंलाई चार्टर गरेको ९ वर्षभन्दा कम अवधिमा हामीले यो उल्लेखनीय कोशेढुङ्गा हासिल गरेका छौं, जसले हामी सबैलाई उत्प्रेरित गर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL