काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ४ सय ५६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ३ हजार ८ सय ३८ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार १ सय ६८ जनाले पिसिआर १ हजार ६ सय ७० जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ८० जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ६८ हजार ३ सय ८ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सो अवधिमा ३ लाख ८६ हजार ७ सय ८२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८४१ रहेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । होम आइसोलेशनमा दुई हजार ७०८, संस्थागत आइसोलेसन १३३ र आइसियू २२ जना सङ्क्रमित रहेका छन् ।
हाल देशभरमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र २ सय भन्दा बढी सङ्क्रमित रहेको ललितपुर रहेको छ । सून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, जुम्ला, बाजुरा र डढेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ५४९ र ललितपुर २५३ र भक्तपुरमा ८० सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।