Logo

स्वास्थ्य मन्त्रालयको निर्देशन : सबै स्थानमा मास्क अनिवार्य गर्नु, अन्तरराष्ट्रिय नाकामा कडाई गर्नु

स्वास्थ्य मन्त्रालयको निर्देशन : सबै स्थानमा मास्क अनिवार्य गर्नु, अन्तरराष्ट्रिय नाकामा कडाई गर्नु



काठमाडौं । पछिल्लो समय उकालो लागेको कोरोनो संक्रमणदरको ग्राफसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सजगता अपनाउन सम्बिन्धित सबैलाई निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सबैले मास्क र सेनिटाईजरको प्रयोगलाई बढवा दिन निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना महामारीको संक्रमण बढेसँगै अवस्था असामान्य बन्ने निश्चित छ । सोही अनुसार सबैले सबै क्षेत्रमा मास्कको प्रयोग बढाउन मन्त्रालयले निर्देशन गरेको हो । यस्तै मन्त्रालयले अन्तरराष्ट्रिय हवाई र स्थलगत मार्गमा विशेष कडाई गर्न निर्देशन दिएको छ । साथै कोभिड खोपको प्रभावकारी वन्दोवस्त गर्नसमेत निर्देशन दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL