काठमाडौं । नेपाली बजारमा शुक्रबार (आज) सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहीबार तुलनामा आज सुन १ हजार रुपैयाँले बढ्दै प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मुल्य १५ रुपैयाँ बढेर प्रतितोला १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार १ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको थियो ।