Logo

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक, कस्तो मौद्रिक नीति आउँला भन्ने सबैको प्रतिक्षा

आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक, कस्तो मौद्रिक नीति आउँला भन्ने सबैको प्रतिक्षा



काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९–८० को मौद्रिक नीति आज शुक्रबार सार्वजनिक गर्दैछ । आज बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेसँगै राष्ट्र बैंकले सार्वजनिक गर्ने तयारी गरेको छ ।

राष्ट्र बैंक गभर्नर महाप्रसाद अधिकारीले बिहीबार अर्थ मन्त्रालयसमेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिका विषयमा ब्रिफिङ गरिसकेका छन् ।

राष्ट्र बैंक स्रोतका अनुसार पछिल्लो समय बाह्य क्षेत्रमा परेको चापलाई व्यवस्थापन गर्ने गरि मौद्रिक नीति आउने भएको छ । निजी क्षेत्रले बजारमा देखिएको तरलता अभाव समाधान र आयातमा लाग्दै आएको नगद मार्जिन लगायतको अंकुश हटाउने गरि मौद्रिक नीति ल्याउन आग्रह गरेपनि राष्ट्र बैंकले बाह्य क्षेत्र दबाबमा रहेका कारण कडाई गर्ने सम्बद्व स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL