Logo

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । आज छापावाला सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको हो । अघिल्लो दिन ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार १५५ रुपैयाँ कायम भएको छ । बुधबार भने चाँदी १ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL