काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय ८१ जनामा गरिएको परीक्षणमा आज देशभर सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज ललितपुरमा २२, भक्तपुर ९ र काठमाडौँमा १ सय ८५ जनामा सङ्क्रमित पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २ सय ७६ छ भने काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २ सय ७० पुगेको छ । विगत २४ घण्टामा ४६ जना सङ्क्रमणमुक्त भएका छन् । काठमाडौँ जिल्लामा ५ सय बढी सङ्क्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ ।
हाल होम आइसोलेशनमा २ हजार १ सय ४३, संस्थागत आइसोलेशनमा १ सय ३३ र सघन उपचार कक्ष (आइसियु)मा २१ जना उपचार भइरहेको छ । यस्तै विगत २४ घण्टामा १ लाख २१ हजार ५ स।य १५ ले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।