Logo

अर्थमन्त्री भन्छन्, ‘सुविधाजनक ठाउँमा सरुवाका लागि ढोका बन्द छ’

अर्थमन्त्री भन्छन्, ‘सुविधाजनक ठाउँमा सरुवाका लागि ढोका बन्द छ’


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कर्मचारी सरुवाको विषय लिएर आफु कहाँ नआउन आग्रह गरेका छन् । बुधबार कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुखहरुको राष्ट्रिय गोष्ठिलाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।

‘आफुलाई पायक पर्ने ठाउँमा सरुवा गर्न भन्दै कर्मचारीहरु आउने गरेको छ,’ उनले भने, ‘सुविधाजनक ठाउँमा सरुवाका लागि ढोका बन्द छ ।’ तर अन्यायमा परेको वा अन्य गुनासो लिएर आउनेलाई भने मन्त्रायलको ढोका सधै खुल्ला रहेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

कार्यक्रममा उनले चुनौतीदेखि नडराई सामाना गर्न तर्फ लाग्न समेत आग्रह गरे । कर्मचारीको मनोवल बढाउनका लागि सरकार प्रोत्साहन भत्ताको पक्षमा रहेको समेत उनले जानकारी दिए । तर, राष्ट्र अप्ठ्यारोमा पर्दा कर्मचारीले त्यसमा विचार गर्नुपर्ने उनको धारणा थियो । अर्थतन्त्र भन्सार राजस्वमा निर्भर भएकोले हाललाई प्रोत्साहन भत्ता उपलब्ध गराउन कठिनाइ भएको प्रष्ट पारे ।

कार्यक्रममा उनले बेरुजुको आकार बढेको भन्दै पारदर्शीता र जवाफदेहितालाई अनुभुत हुने गरी प्रयोगमा ल्याउन आग्रह गरे । गोष्ठिमा निमित्त मुख्य सचिव केदारबहादुर अधिकारीले अडिट रिपोर्ट समयमा नबुझाउने प्रवृत्ति बढेको बताए । साथै, निश्चित समयभित्रै रिपोर्ट बुझाउन आग्रह समेत गरे ।

सो अवसरमा महालेखा नियन्त्रक राजेन्द्रप्रसाद नेपालले गोष्ठिले सार्वजनिक वित्तीय व्यवस्थापनबारे सुझाव दिन सहयोग गर्ने बताए । साथै एक कोष प्रणाली समयाअनुकुल बनाउन आवश्यक भएको विचार व्यक्त गरे । नेपालमा आइटी सुरक्षाका चुनौती दिनदिनै बढेको भन्दै त्यसतर्फ ध्यान दिनु आवश्यक रहेको उनको भनाइ थियो । बिहीवारदेखि शुरु भएको गोष्ठि ३ दिनसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL