Logo

ग्यास वितरण र ढुवानीलाई प्रभावकारी बनाउन समिति गठन, १ महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन

ग्यास वितरण र ढुवानीलाई प्रभावकारी बनाउन समिति गठन, १ महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आपूर्ती मन्त्रालयले एलपी ग्यास वितरण र ढुवानी प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ समितिको गठन गरेको छ । आपूर्ती व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्व रहेको सो समितिमा चार सदस्य र एक सदस्य सचिव रहेका छन् ।

जसमध्य उपभोक्तावादी संस्थाको तर्फबाट एकजना, आयल निगमका एलपि ग्यास हेर्ने महाशाखा प्रमुखलगायत छन् ।

समितिले आवश्यकता अनुसार विज्ञको राय सुझाव लिन उपयुक्त ठानेमा राय लिने व्यवस्था गरेको छ । समितिले कार्य प्रारम्भ गरेको मितिले १ महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्