Logo

कार्यकाल सकिन १८ दिन अघि नै एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

कार्यकाल सकिन १८ दिन अघि नै एआईजी विश्वराज पोखरेलले दिए राजीनामा



काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले कार्यकाल सकिु १८ दिन अघिनै राजीनामा दिएका छन् । यही साउन २० गतेसम्म मात्र कार्यकाल रहेका पोखरेलले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका हुन् ।

पोखरेल धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्धले सर्वोच्च अदालत गएका थिए । तर, गत शुक्रबार सर्वोच्च अदालतले आफ्नो पक्षमा फैसला नदिएपछि पोखरेलले राजीनामा दिएका हुन् ।

उनको राजीनामा प्रहरी महानिरीक्षकमार्फत गृह मन्त्रालयमा र गृह मन्त्रालयबाट मन्त्रिपरिषदमा पेश हुनेछ । एआईजीको राजीनामा मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL