काठमाडौं । ५औं अन्तरराष्ट्रिय औद्योगिक मेलामा बिहीवारदेखि शुरु हुँदै छ । मेलामा नेपाल हब्र्स तथा हर्बल उत्पादक संघले सह आयोजकको रुपमा सहभागित जनाउन लागेको हो ।
भृकुटिमण्डपमा हुन लागेको मेलामा संघले हब्र्स तथा हर्वल उत्पादनको छुट्टै पेभिलियन राख्न लागेको जानकारी दिएको छ । ६० ओटा स्टल रहने पेभिलियनमा जडीवुटीबाट निर्मित आयुर्वेदिक औषधी ,विभिन्न प्रकारका खाद्यवस्तुलगायत प्रदर्शन गरिने छ ।
त्यस्तै नेपालबाट निर्यात हुने यार्सागुम्वा, चिराइतो,कुरीलोलगायत मेलाको मुख्य आकर्षण रहने अध्यक्ष गोविन्द घिमिरेले जानकारी दिए । संघले नेपालमा उत्पादित जडीबुटीजन्य उत्पादनलाई संसार मै छुट्टै पहिचान दिलाउन साझा ट्रेडमार्क नेपालहब्र्स मेलामा सार्वजनिक गर्ने बताइएको छ ।