Logo

नागरिक लगानी कोषद्वारा व्याजदर परिवर्तन, साउन १ देखि आउने सहभागीले ८ प्रतिशत ब्याज पाउने

नागरिक लगानी कोषद्वारा व्याजदर परिवर्तन, साउन १ देखि आउने सहभागीले ८ प्रतिशत ब्याज पाउने



काठमाडौं । नागरिक लगानी कोषले २०७९ साउन १ गते देखी लागु हुने सहभागीहरुलाई प्रदान गर्ने व्याजदर परिवर्तन गरेको छ । कोषले कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोषमा दिदै आएको ६ दशमलव ५ प्रतिशतको व्याजदरलाई बृद्धि गरी ८ प्रतिशत पुर्याएको छ । यस्तै ८० प्रतिशत बिशेष ऋण सापटीको व्याजदर ९ दशमलव ५ प्रतिशत निर्धारण गरेको छ ।

यस्तै साउन १ देखी लागु हुने गरी आवास कर्जाको व्याजदर १० प्रतिशत, शैक्षिक कर्जामा १०, सवारी कर्जामा १० दशमलव ५ र सरल कर्जामा १० दशमलव ५ प्रतिशत, उपदान कोष र लगानीकर्ता हिसाव योजनामा ७ दशमलव ५ प्रतिशत, नागरिक एकांक योजनामा ९ प्रतिशत व्याज रकम प्रदान गर्ने निर्णय गरिएको कोषले जानकारी दिएको छ ।

कोषले बीमा तर्फका सबै कार्यक्रमहरुमा वार्षिक ७ दशमलव ५ प्रतिशत व्याज प्रदान गर्ने निर्णय गरेको छ । कोषले बीमा कार्यक्रम अन्तर्गत निजामती, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, सामुदायिक बिद्यालयको शिक्षक सहितका राष्ट्रसेवक कर्मचारीहरुको कार्यक्रम संचालनका लागि वीमा शुल्क संकलनको कार्य गर्दे आएको छ ।

राष्ट्र सेवक कर्मचारीहरुबाट आगमी बर्षको लागि आवश्यक पर्ने वीमा शुल्क कोषमा मौज्दात वा संकलन भएको अवस्थामा सम्बन्धित राष्ट्रसेवक कर्मचारीको बीमा राष्ट्रिय वीमा संस्थानमा गरिदिने व्यवस्था कोषले मिलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL