Logo

सार्क कार्यक्रम समितिको बैंठक पोखरामा शुरु, १८ औं सम्मेलन पछिका कामवारे समिक्षा हुने

सार्क कार्यक्रम समितिको बैंठक पोखरामा शुरु, १८ औं सम्मेलन पछिका कामवारे समिक्षा हुने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औं मन्त्रिपरिषद्को कार्यक्रम समिति बैठक पोखरामा सुरु भएको छ ।

पोखरास्थित पोखरा ग्रान्ड होटलमा शुरु भएको उक्त बैठकको अध्यक्षता परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराइले गरेका छन् । बैठकअन्तर्गत सोमबार र मंगलबार कार्यक्रम समितिको बैठक हुने सहसचिव भट्टराईले जानकारी दिए ।

कार्यक्रम समितिमा सदस्य राष्ट्रका परराष्ट्र–बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागिता रहेको छ । बैठकमा १८औं सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा हुनेछ । दुई दिने सो बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिको बैठकमा प्रस्तुत हुनेछ ।

निर्धारित कार्यक्रमअनुसार चैत ३ गते ८ वटै सदस्य मुुलुकका परराष्ट्र सचिवहरू सम्मिलित स्थायी समितिको बैठक हुनेछ भने चैत ४ गते सदस्य राष्ट्रका परराष्ट्र–बाह्य मामिला मन्त्रीस्तरीय बैठक बस्नेछ । सार्क मन्त्रिपरिषद् बैठकमा भारतीय विदेशमन्त्री तथा पाकिस्तानी विदेशमन्त्री समेत सहभागि हुने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL