Logo

आयकर बुझाउन विभागको ताकेता, असार मसान्तभित्रै बुझाउन निर्देशन

आयकर बुझाउन विभागको ताकेता, असार मसान्तभित्रै बुझाउन निर्देशन



काठमाडौं । आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ । विभागले मंगलबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो ।

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्वरकरदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL