Logo

एनसेलले गर्यो सामाजिक सञ्जालको प्रयोगबारे सचेतना कार्यक्रम,साइबर कानुनबारे जानकारी

एनसेलले गर्यो सामाजिक सञ्जालको प्रयोगबारे सचेतना कार्यक्रम,साइबर कानुनबारे जानकारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनसेलले जिल्ला प्रहरी कार्यलय पाँचथरसँगको सहकार्यमा दुरसञ्चारको दुरुपयोग गरि हुने ठगी तथा इन्टरनेट र सामाजिक संजालको प्रयोग सम्बन्धि जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ । आइतबार फिदिममा आयोजना गरिएको सो कार्यक्रम सम्भावित दुरसञ्चारको दुरुपयोग गरि हुने ठगीबाट बच्ने उपाय, सामाजिक संजालमा कसरी जिम्मेवारीपूर्वक प्रस्तुत हुनेलगायत जानकारी दिइएको थियो ।

सूचना तथा संचार प्रविधिको विकाससँगै दूरसञ्चार सेवा, फेसबुक र ट्विटर जस्ता सामाजिक संजालमा युवाहरुको आकर्षण बढेको छ । विशेषगरि प्रविधि र सामाजिक संजालको दुरुपयोगले ठगी, व्यक्तिगत जानकारी तथा निजी जिवनका गोपनियतामा असर हुनसक्ने भएकोले यस्ता विसंगतिबाट बच्न युवा तथा विद्यार्थीलाई दुरसञ्चारको दुरुपयोग गरि हुने ठगी तथा कसरी सामाजिक संजालमा उपस्थिती जनाउने भन्ने बारे महत्वपुर्ण जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थी, शिक्षक तथा स्थानिय युवा लगायत स्थानिय प्रशासन तथा सम्बन्धित निकायका उच्च पदाधिकारीको उपस्थिती रहेको थियो । कार्यक्रमा वक्ताहरुले सामाजिक संजालहरुको सही सदुपयोगले सुचना र ज्ञानमा पहँुच बढाई स्वच्छ समाजको निर्माणमा योगदान पुर्याउने बताए ।

सो अवसरमा पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोईरालाले इन्टरनेट तथा सामाजिक संजाल चेतना सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । उनले कसरी सामाजिक संजालहरुमा आफुलाई सुरक्षित राख्ने र नेपालको साइबर सम्बन्धि कानुन लगायतका विषयमा जानकारी दिएका थिए ।

त्यस्तै एनसेलका फ्रड इन्टेलिजेन्स एक्सपर्ट सचिन्द्र प्रधानले सिम र टेलिकमको दुरुपयोग गरि हुने ठगीका बारेमा कार्यपत्र प्रस्तुत गरेको थिए । उनले ‘आइडेन्टीटी थेफ्ट’ र यसबाट बच्ने उपायबारे जानकारी प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्