Logo

नोटमा स्टिच नगर्न सर्वोच्चको आदेश, केरमेट समेत गर्न नपाइने

नोटमा स्टिच नगर्न सर्वोच्चको आदेश, केरमेट समेत गर्न नपाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वाेच्च अदालतले बैंक नोटमा स्टिच नगर्न, केरमेट नगर्न र जथाभावी च्यात्न नपाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतले नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालय र नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो ।
आइतवार न्यायाधीश चोलेन्द्र शम्शेर राणाको एकल इजलासले विपक्षी निकायहरुका नाममा उक्त आदेश जारी गरेको हो ।

निवेदक अधिवक्ताहरु अनन्तराज लुईंटेल, मनोजकुमार खड्का, प्रविन्द्रराज जोशी, रुद्रप्रसाद पाठक र पदम श्रेष्ठले तत्काल नोट मार्फत प्रष्फुटित राष्ट्रिय इमेज जोगाउन अन्तरिम आदेश जारी गर्न बहसका क्रममा माग गरेका थिए ।

अन्तरिम आदेश जारी नगरे बैंक नोटको लापरबाही तत्काल रोकिने अवस्था नभएको भन्दै माग गरेको अधिबक्ता लुइटेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL