Logo

३ देशका लागि सरकारले गर्याे राजदूत नियुक्त, यी हुन् नयाँ राजदूत

३ देशका लागि सरकारले गर्याे राजदूत नियुक्त, यी हुन् नयाँ राजदूत



काठमाडौं । सरकारले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ओमान, साउदी अरेबिया र श्रीलंकाका लागि नेपाली राजदूत नियुक्त गरेकी हुन् ।

ओमानका लागि नेपाली राजदूतमा डोरनाथ अर्याल, साउदी अरेबियाका लागि नेपाली राजदूतमा नवराज सुवेदी र श्रीलंकाका लागि नेपाली राजदूतमा वासुदेव मिश्र नियुक्त भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL