Logo

६ सय ११ शिक्षकका लागि रोजगारी खुल्यो, स्नातक उत्तिर्ण र शिक्षक लाइसेन्स अनिवार्य

६ सय ११ शिक्षकका लागि रोजगारी खुल्यो, स्नातक उत्तिर्ण र शिक्षक लाइसेन्स अनिवार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । शिक्षा सेवा आयागले माध्यामिक तहको लागि ६ सय ११ शिक्षक पदमा आवेदन माग गरेको छ । आयोगले आइतबार गोरखापत्रमा सुचना प्रकाशित गरी आवेदन माग गरेको हो ।

स्नातक तह उत्र्तिण गरी अस्थायी अध्यापन अनुमतीपत्र भएका सवैले शिक्षकका लागि आवेदन दिन सक्नेछन् । आयोगले ०६३ बैशाखपछि रिक्त रहेका माध्यामिक शिक्षक दरबन्दीमा पदपूर्ति गर्न लागेको हो ।

आयोगका अनुसार विभन्न १४ वटा विषयका लागि शिक्षक माग गरेको हो । जसमध्ये विज्ञान विषयका लागि सबैभन्दा धेरै १ सय ५० जना शिक्षक माग गरिएको छ । त्यसैगरी, अंग्रेजीका विषयका लागि १ सय २८, नेपालीका लागि १ सय ७, सामाजिक शिक्षाका लागि ९३ र गणितका लागि ८७ शिक्षक माग गरिएको छ ।

लेखा विषयमा २०, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा ७, अर्थशास्त्रमा ६, संस्कृत साहित्य र कम्प्युटर विज्ञानमा ३/३ शिक्षक मागिएको छ । यसैगरी, शिक्षा र संस्कृत भाषका लागि २/२ तथा कृषि र वेदका लागि १/१ शिक्षक मागिएको छ ।

आयोगले माग गरेको उक्त आवेदनम चैत २९ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ । ५ वटै विकास क्षेत्रमा रहेका क्षेत्रीय कार्यालयसहित हरेक क्षेत्रको जिल्ला शिक्षा कार्यालयमा आवेदन फारम पाइने छ ।

मध्यपश्चिमाञ्चलका लागि दाङ, पूर्वाञ्जलका लागि मोरङको जिल्ला शिक्षा कार्यालय र मध्यमाञ्चलका लागि लतिपुरको जिल्ला शिक्षा कार्यालयमा आवेदन भर्न सकिने छ । यसैगरी, पश्चिमाञ्चलका लागि रुपन्देहीको जिल्ला शिक्षा कार्यालय र सुदुर पश्चिमाञ्चलका लागि कैलालीको जिल्ला शिक्षा कार्यालयमा आवेदन फारम भर्न सकिने व्यवस्था मिलाएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्