Logo

आजदेखि पेट्रोलियम पदार्थको मूल्य महँगियो, पेट्रोल प्रतिलिटर १८१ र डिजेल १७२ पर्ने

आजदेखि पेट्रोलियम पदार्थको मूल्य महँगियो, पेट्रोल प्रतिलिटर १८१ र डिजेल १७२ पर्ने



काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मटितेलमा प्रतिलिटर ९–९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको जानकारी दिएको छ ।

नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ, डिजेल र मटितेल १७२–१७२ रुपैयाँ तथा र हवाई इन्धन आन्तरिक तर्फ १९० रुपैयाँ पर्ने भएको छ ।

भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ । एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL